तेमाललाई दार्जिलिङ बनाउने यस्ता छन् प्रदिपका योजना

pradip

काभ्रे, २७ वैशाख । स्थानीय तहको पुनर्संरचनापछि साविका ७ वटा गाविस मिलेर बनेको तेमाल गाउँपालिकाको प्रमुखमा एमालेले प्रदिप लामालाई उम्मेदवार बनाएको छ । लामा विकासका विभिन्न देशको मोडेल समेत अध्ययन गरेका युवा हुन् ।

एमाले तेमाल गाउँ पालिकाद्वारा आयोजित तेमाल प्रतिबद्धता पत्र घोषणा कार्यक्रममा उनले दार्जिलिङ जस्तै सुन्दर बनाउने योजना प्रस्तुत गरे । तीन दशकयता तेमालकै जनताप्रति समर्पित लामा १७ वर्षकै उमेरमा राजनीतिमा होमिए र अविराम राजनीतिमा क्रियाशील भए । ४६ वर्षीय प्रदिप यसअघिको ठूलो पर्सेल गाविसमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय थिए । ०४२ सालदेखि नै अनेरास्ववियुको मार्फत विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । एमाले ३ नम्बर इलाका कमिटी सदस्य, ०५१ मा सचिव हुँदै लामा ०६४ मा काभ्रे एमालेको तीन कार्यकाल जिल्ला सदस्य  बने ।

यसबीचमा ०६० मा युवा संघ नेपालको जिल्ला कोषाध्यक्ष, ०६० देखि ०६८ सम्म लोकतान्त्रिक तामाङ संघ काभ्रे काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका समेत निर्वाह  गे । लामा ०४९ देखि ०५२ सम्म पञ्चकन्या उमाविको शिक्षक समेत बने । यसपछि सोही विद्यालयको दुई पटक व्यवस्थापन समिति अध्यक्ष र ठूलोपर्सेल उपस्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष पनि भए ।
लामाले विद्यालयको अध्यक्ष हुँदा भौतिक पूर्वाधार निर्माण, शिक्षामा सबैको पहुँच हुने कार्यक्रम, शिक्षण प्रणालीका ऐतिहासिक सुधार र विद्यार्थीहरुलाई अध्ययनको राम्रो बातावरण समेत बनाए । लामाकै नेतृत्वमा ठूलोपर्सेलमा खानेपानी, यातायात, स्वास्थ्य, शिक्षालगायतमा थुप्रै विकास निर्माणका काम भएका छन् । सिर्जनशील बचत तथा ऋण सहकारी संथाको संस्थापक उपाध्यक्ष, हाल कुलमु्रङ खानेपानी ठूलोपर्सेलको संयोजक समेत छन् ।

pradip1

तेमाल बौद्ध कल्याण नेपालको महासचिवको भूमिका रहेका लामा सवल र समृद्ध तेमाल निर्माण गर्ने असाधरण परिकल्पनाकार, समाजिक व्यक्तित्व भएको छवि, कुशल र सफल नेतृत्वका रुपमा परिचित छन् ।

स्थानीय तहको निर्वाचनमा उनका स्थानीय एजेण्डा पनि महत्वपूर्ण रुपमा अघि सारेका छन् । उनले आफ्ना यस्ता योजना प्रस्तुत गरे– गाउँ पालिकाका सबै वडा र टोलहरुमा बाह्रै महिना चल्ने पक्की सडक गाउँपालिकाका सदरमुकामसँग जोडिनेछन् । भकुण्डे र पाँचखाल हुदै सदरमुकाम नारायणस्थानसम्मको सडक कालोपत्र गरिनेछ  ।

तेमालमा पर्यटन विकासका लागि ऐतिहासिक, साँस्कृतिक, धार्मिक र पूरातात्विक महत्वका स्थानहरु, गुम्बा, छ्योर्तेन, माने, कक्लिङ, ह्लाखाङको इतिहासलाई समेटिएर  नेपालमै पहिलो तामाङ संग्रहालय निर्माण गरिनेछ  । तेमाल नारायणस्थान मन्दिर, बौद्ध स्तुपा, सबै वडा र टोलहरुमा रहेका गुम्वा, याङवेलमा रहेको तोङसम कुण्डलाई नयाँ र मौलिक ढंगले निर्माण गरी नेपालमै सबै भन्दा अग्लो बुद्ध मूर्ति निर्माण गरी तेमाललाई नमुना तिर्थस्थलको रुपमा विकास गरिनेछ ।

तेमालको समग्र पर्यटन विकासलाई लक्ष्यगरी केवलकारको सम्भाव्यता अध्ययन गर्दै संचालनका लागि पहल गरिनेछ । खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका स्तरिय बहुद्देश्यीय कभर्ड हल निर्माण गरिनेछ र क्षेत्रीय रंगशाला बनाउन पहलकदमी गरिने छ । तेमालका सबै वडा वा टोलहरुमा अतिथि गृह, भलिबल, टेबुल टेनिस, घोडा दौड र सवार, मानव दौड, माउन्टेन बाइकिङ सञ्चालन र खेलमैदान निर्माण गरिनेछ । सुनकोशी र रोशी खोलाको पानी लिफ्ट गरी तेमालका सबै वडा र टोलहरुमा सिंचाई सुविधा र शुद्ध खानेपानीका लागि संघ, प्रदेश, केन्द्र वा अन्य दातृ निकायमा पहल गरिने छ ।

प्रतिक्रिया