विजुलीबजारमा कार दुर्घटना, एकको मृत्यु, दुई घाइते

public-liability-insurance1काठमाडौँ, २४ वैशाख । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंकोे कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ । घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ ।

प्रतिक्रिया