काठमाडौं । काठमाडौं उपत्यकाको प्रदूषण व्यवस्थापनका लागि स्थानीय तहमा एकीकृत कार्ययोजना बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको दृश्य प्रदूषणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन र धुलोधुवाँ न्यूनीकरणसम्बन्धी कार्यशालामा कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले दृश्य प्रदूषण न्यूनीकरणका लागि एकीकृत कार्ययोजना आवश्यक रहेको बताएका हुन् ।
प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सार्वजनिक यातायातका चालकले जिम्मेवारीपूर्वक काम गर्ने हो भने गाडीको चाप कम गर्नुपर्ने धारणा राखे । कामपाका कानुनी सल्लाहकार टीकाराम भट्टराईले प्रदूषणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नु सबैको साझा कर्तव्य भएको चर्चा गरे । नेपाल बार एसोसिएसनका वातावरण कानुन समितिका संयोजक पदमबहादुर श्रेष्ठले निर्वाचनका समयमा भित्तेलेखन, पोस्टर टाँस्ने तथा तुल ब्यानर झुन्ड्याउने कामले त सहरी सुन्दरता बिगार्छ नै, यसबाहेक लामो समयसम्म एकै स्थानमा सवारी साधन रोक्दा हुने वायु प्रदूषण न्यूनीकरण गराउँछ भने । कार्यशालामा महानगरका निर्देशक वसन्त आचार्यले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार उपभोग गर्न पाउने कानुनी अधिकार दुरूपयोग भइरहेको बताए ।
प्रतिक्रिया