बंगलादेशको चर्चित फर्निचरको सोरुम काठमाडौंमा

xIMG_7999.JPG.pagespeed.ic.LQUPjDbRVh
काठमाडौं । बंगलादेशको चर्चित फर्निचर ब्रान्ड हातिलको सोरुम काठमाडौंमा पनि खुलेको छ । बंगलादेशमा हातिल कम्प्लेक्स आधुनिक डिजाइन र विभिन्न कलात्मक फर्निचरका लागि प्रसिद्ध रहेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । नेपालमा अखिल ट्रेडिङ कन्सर्नसँगको साझेदारीमा सोरुम स्थापना भएको हो ।
हातिलको सोरुम काठमाडौंको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टरमा छ । सुपथ मूल्यमा अधिकतम कलात्मक डिजाइनहरूका साथै सुन्दर र आधुनिक फर्निचरले फर्निचर पारखीको मन जित्ने विश्वास कम्पनीको छ ।
सोरुमको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहोराले गुणस्तरीय सामान रोज्ने नेपालीको बानीका कारण गुणस्तरीय फर्निचरका लागि हातिल उपभोक्ताको रोजाइमा पर्ने बताए । अखिल ट्रेडिङका अध्यक्ष अखिलकुमार चापागाइँले अमेरीका, रुस, क्यानडाका साथै थाइल्यान्ड र भुटानमा समेत हातिलले सोरुम स्थापना गरेको जानकारी दिए ।
उनले विश्वव्यापीरूपमा ग्राहकको मन जित्न सफल हातिललाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । सोरुम उद्घाटनको एक साता आफ्ना उत्पादनमा प्रर्वद्धनात्मक छुट दिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया