चलचित्र छायांकनमा जानु अगाडि ट्रिजर

deepak-deepa
काठमाडौं । नेपाली चलचित्रका निर्माणमा पछिल्लो समयमा सफल देखिएका दिपकराज गिरी र दिपाश्री निरौलाले चलचित्र छायांकनमा जान अगाडि ट्रिजर ल्याउने भएका छन् । व्यावसायिक रुपमा सफल बनाउन उनीहरुले छायांकनमा जानुअघि नै बन्न लागेको चलचित्र ‘छक्का पञ्जा दुई’ को टिजर आउने भएको हो । उनीहरुले चलचित्र ‘छक्का पन्जा दुई’ को मार्केटिङ छायाँकन पहिले सुरु गर्न लागेका हुन् । जसका लागि उनीहरुले अहिले चलचित्र भवनमा बजाउने ट्रिजरको छायांकन गरिरहेका छन् ।
दिपक र दीपाले चलचित्रको ट्रिजर शनिबार उपत्यकाको विभिन्न स्थानमा छायांकन गरेका हुन् । ट्रिजरका लागि दीपकको अलवा बुद्धि तामाङ, विकास आचार्यलगायतले सट दिएका छन् । चलचित्रका लागि फाइनल भएको स्क्रिप्टका केही दृश्य लिएर नै ट्रिजर छायांकन गरिएको निर्माण युनिटले जनाएको छ ।
दिपक, दीपाले चलचित्र ‘छक्का पन्जा दुई’ भन्दा पहिले ट्रिजर छायांकन गर्नुको पछाडि पनि खास कारण पनि छ । यही अप्रिल २८ मा बलिउडको बहुप्रतिक्षित चलचित्र ‘बाहुबली टु’ प्रदर्शनमा आउँदैछ । उक्त चलचित्र नेपालीको पनि प्रतिक्षित सूचीमा छ ।
चलचित्रको पहिलो सिक्वेल ‘बाहुबली’ प्रदर्शनको समयमा अधिकांश चलचित्र भवन दर्शकले भरिएको थियो । यो सिक्वेलले पनि राम्रो दर्शक पाउने अनुमान धेरैको छ । यसै चलचित्र प्रदर्शनको समयमा आफ्नो चलचित्रको ट्रिजर देखाउन सके प्रचारप्रसार राम्रो हुने दिपक दीपाको बुझाइ हो । त्यसैले उनीहरुले चलचित्रभन्दा पहिले ट्रिजर निर्माण गरेका हुन् ।
चलचित्रको छायांकन पनि केही दिनमै सुरु हुँदैछ । नेपाली चलचित्रकै इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने ‘छक्का पन्जा’ भएकोले पनि उनीहरुलाई सिक्वेल चलाउनु पर्ने प्रेसर छ । चलचित्रको मार्केटिङमा मात्र होइन उनीहरुले निर्माणमा पनि विशेशष ध्यान दिँदैछन् । यसपटक केही नयाँ र केही पुराना कलाकारलाई अभिनय गराउने उनीहरुको तयारी छ । दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, वर्षा राउत, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, राजाराम पौडेलको साथमा यसपटक निश्चल बस्नेत, स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालले चलचित्रमा काम गर्दैछन् । चलचित्रको छायांकन काठमाडौ र चित्लाङमा गरिने दीपाले केही अगाडि बताएकी थिइन् । चलचित्र असोज ११ बाट प्रदर्शनमा ल्याइने बताइएको छ ।

प्रतिक्रिया