मोर्चाद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले सरकारको निर्णयको स्वागत गर्दै संशोधन विधेयक पारित नभएसम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार संशोधन विधेयक पारित नहुन्जेल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ । त्यसैगरी निर्वाचन आयोगसँग पनि मनोनयनका लागि केही समय सारिदिन आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए । गठबन्धनमा रहेका केही राजनीतिक दलले पार्टी दर्ता नगरेको भन्दै त्यसको लागि समय आवश्यक पर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया