स्वास्थ्य अधिकार सञ्जाल गठन

भोजपुर । स्वास्थ्य अधिकार र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानलाई भोजपुरमा विस्तार गर्न विभिन्न गैरसरकारी संस्था र सञ्चारकर्मीहरूको उपस्थितिमा शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य अधिकार सुर्ती नियन्त्रणकालागि जिल्ला सञ्जाल भोजपुर गठन भएको छ । सञ्जालको संयोजकमा न्यायशील असल शासन क्लबका अध्यक्ष फविन्द्र प्रधान चयन भएका छन् । सदस्यहरूमा विभिन्न संघसंस्था र सञ्चारमाध्यमका प्रतिनिधि सदस्य रहेका छन् ।
एक दर्जन संघसंस्था र सञ्चारमाध्यमहरूको प्रतिनिधित्व रहेको सो कार्यक्रममा भोजपुर बहुमुखी क्याम्पसका सूचना अधिकारी एवं धुम्रपानविरूद्धका अभियन्ता नोदनाथ त्रितालले कार्यक्रमको महत्व, सञ्जालको औचित्य र विगतमा गरिएका अभियानबारे जानकारी दिएको स्थानीय लक्ष्मी प्रधानले जानकारी दिइन् । काठमाडौंस्थित प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले देशभर स्वास्थ्य अधिकार सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरू गठन गरी आबद्ध गर्दै आएको छ । भोजपुरमा गठन भएको सञ्जाललाई समेत रेस्फेकसँग आबद्ध गरी अभियान सञ्चालन गर्ने क्लबका सूचना अधिकारी लक्ष्मी प्रधानले बताए ।

प्रतिक्रिया