छानिए जुनियर ब्याटरका तीन विजेता

juniyar bettl

काठमाडौं । पाँचौँ ‘जुनियर ब्याटर–२०१७’ राजधानीमा छानिएका छन् । उमेर समूहअनुसार ‘जुनियर ब्याटर एन्जलस्’ (कक्षा १ र २), ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ (कक्षा २ र ४) र ‘जुनियर ब्याटर किङ एन्ड क्विन’ (कक्षा ५ देखि ८ सम्म) गरी तीन क्याटगोरीमा आयोजना गरिएको प्रतियोगितामा तीन शीर्ष विजेता छानिएका हुन् ।
कार्यक्रममा ‘जुनियर ब्याटर एन्जलस्’को शीर्ष उपाधि नाइटेंगल स्कुलकी निर्जला खड्काले चुम्दा फस्ट रनर अपको उपाधि नाइटेंगलकै आरुसी कडेल र सेकेन्ड रनर अपको उपाधि रेडियन्स रिडर स्कुलका दृश्या लामिछानेले हात पारे । त्यस्तै ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’को उपाधि भने सेन्टजेभिएर्स स्कुलका मोहित महर्जनले उठाए । लिलिट एन्जलस स्कुलकी जानवी भण्डारी र जनडुवे स्कुलका विषेशता बुढाथोकीले यही शीर्षकको क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि हात पारे ।
कार्यक्रममा ‘जुनियर ब्याटर किङ एन्ड क्विन’को उपाधि भने नाइटेंगल स्कुलकी रिमा खनालले जितिन् । इन्द्रधनुष स्कुलकी एलिशा आचार्य र लिटिल एन्जलस स्कुलकी अनामीका कार्की यही उपाधिअन्तर्गत क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप घोषित भए ।
राजधानीको जमलस्थित राष्टिय नाचघरमा नयाँवर्षको भव्य कार्यक्रमसहित आयोजित प्रतियोगितामा फेसन डिजाइनर उत्तम बनेपाली, नेपाल प्रहरीका डिएसपी सविन प्रधान, सौदर्यकर्मी सीता पाठक, कोरियोग्राफर प्रशान्त तामाङ, अभिनेत्री सुमिना श्रेष्ठ, संगीतकार अनिल शाही, अभिनेत्री वर्षा राउत, शिक्षाविद् रञ्जन प्रधान, अधिवक्ता विश्वास अचार्यलगायत निर्णायक रहेका थिए ।
गायिकासमेत रहेकी प्रशंसा श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगिता निष्पक्ष विजेता छानिने बालबालिकाको सौन्दर्य प्रतियोगिता मध्ये सबैभन्दा प्रतिष्ठित मानिएको छ । बौद्धिक मामलामा केही कमजोर देखिएका बालबालिकामा पनि अन्य ठूलाठूला ट्यालेन्ट लुकेको हुन्छ । ती प्रतिभालाई बाहिर ल्याउनुपर्छ भन्ने मनसायले जुनियर ब्याटल आयोजना गर्दै आएको आयोजक मिडिया ल्यान्डकी सिइयो प्रतिमा श्रेष्ठले बताइन् । प्रतियोगीमा दर्जनभन्दा बढी विभिन्न शीर्षकमा विजेतासमेत छान्ने गरिएको छ ।

प्रतिक्रिया