सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार गम्भीर छ ः रेग्मी

helth

काठमाडौं । स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव शम्भुराम रेग्मीले सरकार सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०६८ लागू गर्न गम्भीर रहेको बताएका छन । आइतबार क्यान्सर काउन्सिल नेपालद्वारा आयोजना र नेपाल टेलिकमको प्रयोजनमा एपेक्स कलेज पुरानो बानेश्वरमा धूमपान तथा सुर्तीजन्य पदार्थको नकारात्मक प्रभावको बारेमा सञ्चालित जनचेतनामूलक तथा अन्तत्र्रिmयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनका अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानुनको पालना अपरिहार्य रहेको छ । उनले नेपालमा हाल सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोगले गर्दा धूमपान नगर्ने व्यक्तिहरू पनि प्रभावित भएको उल्लेख गर्दै भने, ‘जसका कारण मानिसहरू विभिन्न किसिमका रोगहरूबाट प्रभावित भएका छन् । क्यान्सर काउन्सिल नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि गर्दै आएको जनचेतनामूलक कार्यक्रम अत्यन्तै प्रभावकारी एवं प्रशंसनीय छ । आगामी दिनमा पनि यस्तो खाले कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्नका लागि म भित्रबाटै आग्रह गर्दछु ।’
त्यस्तै कार्यक्रममा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले नेपालमा सुर्तीजन्य पदार्थ एक विकराल समस्याको रूपमा देखा परेको बताए । ६० प्रतिशत नसर्ने रोगहरू सुर्तीजन्य पदार्थको कारणले गर्दा भएको र बर्र्सेेनि ३०÷३५ हजार क्यान्सर रोगीहरू थपिने र २० हजार मानिसहरूले अकालमै ज्यान गुमाउने कुरा उनले जानकारी दिए । सुर्तीजन्य पदार्थको रोकथाम गर्न सकेमा हजारौँ मानिसलाई अकाल मृत्युबाट बचाउन सक्ने कुरा डा. पौडेलले विश्वास व्यक्त गरे । सुरुमा क्यान्सर रोग पहिचानको लागि जनचेतनामूलक कार्यक्रम अपरिहार्य भएको कुरा उनले प्रष्ट पारे ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमलाई बढी जोड दिनुपर्ने कुरा बताए । विद्यालय तथा कलेज उमेरका विद्यार्थीहरू साथीहरूको प्रभाव र चेतनाको अभावले गर्दा सुर्तीजन्य पदार्थको सिकार हुन पुगेको कुरा कडरियाले बताए । सुरुमा किशोरकिशोरीहरू सुर्तीजन्य पदार्थको सेवन गरे पनि कालान्तरमा लागुपदार्थको दुव्र्यसनी हुने देखिएको बताउँदै उनले भने, ‘यसले गर्दा समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न अप्ठ्यारो परिरहेको छ । यसकै कारण अपराधजन्य क्रियाकलापहरू समेत ह्वात्तै बढेको छ । उनले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि सरकारका विभिन्न मन्त्रालय, नागरिक समाज र संघसंस्थाबीच समन्वय हुनुपर्ने औँल्याए । जीवन विज्ञानका योग प्रशिक्षक निर्मला केसीका अनुसार योग नै यस्तो विज्ञान हो जसले मानिसलाई नैतिकवान र अनुसाशित बनाइराख्छ । हरेक व्यक्तिले सक्रिय जीवन बिताउन योग तथा व्यायाम गर्नुपर्ने कुरा केसीले बताइन् ।

प्रतिक्रिया