पोखरामा स्केटिङ टे«निङ सेन्टर

1कास्की । नेपालमै पहिलोपटक स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ टे«निङ सेन्टर’ निर्माण हुन लागेको हो । रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय स्क्वायर क्षेत्रमा स्केटिङ ट्रेनिङ सेन्टर निर्माण शुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । जसको लागत २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो निर्माणको सबै खर्च अन्र्तराष्ट्रिय स्केटिङ संघले बेहोर्ने पौडेलले बताए । स्केटिङ टे«निङ सेन्टर निर्माणका लागि अन्र्तराष्ट्रिय स्केटिङ संघका डाईरेक्टर वेड ट्रिवियनसहितको ३५ जनाको टोली खटिएको छ । निर्माणमा अमेरीका, बेलायत, जापान, डेनमार्कलगायत १२ देशका अन्र्तराष्ट्रिय स्केटिङ महासंघका प्रतिनिधी खटिएका हुन् । त्यस्तै निर्माणका लागि आवश्यक ईन्जिनियर, प्राविधिक र म्यानपावर भने स्केटिङ महासंघले गरिरहेका छन् । दैनिक विहान ७ बजेदेखी अपराह्न ५ बजेसम्म एक हप्ता अघिदेखी काम शुरु भइरहेको छ ।

उक्त निर्माण कार्य बैशाख १५ गतेसम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । अन्र्तराष्ट्रिय स्केटिङ महासंघले ३ हप्ता भित्रमा टे«निङ सेन्टर बनाएर खेलकुद विकास समितिलाई हस्तान्तरण गर्ने अध्यक्ष खगराज पौडेलले बताए । ट्रेनिङ सेन्टर निर्माणपछि महासंघले ३ सय भन्दा बढी स्केट बोर्ड पनि प्रदान गर्नेछ । अन्र्तराष्ट्रिय स्केटिङ संघले केही अवधीका लागि प्रशिक्षक उपलब्ध गराएर प्रशिक्षण पनि गराउनेछन् । स्केटिङ पश्चिमा देशमा लोकप्रिय खेलहरु मध्येमापर्छ । ओलम्पिक खेलकुदमा भने आगामी सन् २०२० मा हुने प्रतियोगितामा मात्रै यो खेल समावेश गरिदैछ ।
नेपालमा भने यो खेल खासै लोकप्रिय छैन । सार्बजनिक ठाउँमा पहिलोपटक निर्माण गरिएपनि नीजि क्षेत्रले भने पहिल्यैदेखी ¥याम बनाएर खेल्ने÷खेलाउने गरेका छन् । पोखराको लेकसाईडमा स्थानिय रामचन्द्र कोइरालाले स्केटिङ ¥याम बनाएर खेल्ने÷खेलाउने गरेका छन् । उनै कोइरालामार्फत क्षेत्रीय खेलकुद विकास समितिले सम्पर्क गरेर सहयोग भित्राउन सफल भएको हो । समितिका अध्यक्ष पौडेलले क्षेत्रीय प्रतियोगिताको रुपमा खेल शुरु गर्ने र राष्ट्रिय खेलमा पनि समावेश गर्नका लागि पहल गर्ने उनले बताए ।

प्रतिक्रिया