सुपरहिट बन्यो ‘सचिन’ को ट्रेलर

sachin
मुम्बई । क्रिकेटका मास्टर ब्लास्टर भनेर चिनिने सचिन तेन्दुलकरको जीवनमा आधारित फिल्म ‘सचिन–अ विलियन ड्रिम्स’ को ट्रेलर सार्वजनिक भएको छ । विहीबार सार्वजनिक भएको उक्त ट्रेलरलाई २४ घन्टा भित्रमा फेसबुक र युट्युबमा १० मिलियनभन्दा बढी पटक हेरिएको छ । दुई मिनेट १३ सेकेनडको यस ट्रेलरमा सचिनको आवाज पनि सुन्न सकिन्छ । यो एक वायोपिक फिल्म हो । यस ट्रेलर धोनी पनि देखापरेका छन् ।
सचिनले फिल्मबाट ४२ वर्षको उमेरमा पहिलो पटक डेब्यु गरेका हुन् । फिल्मको निर्देशन जेम्स अर्सनकले गरेका हुन भने निर्माण रवि भगचन्दको कार्निभल मोसन पिक्चर्सको हो । फिल्म आगामी महिना भारतका पाँच भाषामा रिलिज हुनेछ भने अंग्रेजीमा २६ मे मा रिलिज हुने भएको छ ।

प्रतिक्रिया