सोनाक्षीको यस्तो सपना !

मुम्बई । बलिउड फिल्म ‘दबंग’ बाट आफ्नो अभिनय सुरु गरेकी सोनाक्षी सिन्हा आगामी फिल्म ‘नूर’ मा पत्रकारको भूमिकामा देखा पर्ने भएकी छन् । सोनाक्षी वास्तविक जीवनमा पनि पत्रकारको भूमिकामा रहेर अमिताभ बच्चनको बारेमा धेरै कुरा जान्न चाहन्छिन् । बीबीसीसँग कुरा गर्दै उनले भनिन्, ‘अमिताभ बच्चनको जिन्दगी एकदमै रोचक छ । त्यसैले एक पत्रकारको भूमिकामा रहेर उनको जिन्दगीको बारेमा धेरै कुरा जान्न चाहन्छु ।’ फिल्म नूरमा सोनाक्षीलाई अमिताभ बच्चनको नभई सन्नी लियोनको अन्तर्वार्ता लिने मौका मिलेको छ ।
फिल्ममा पत्रकारको भूमिका निर्वाह गरेकी उनले एक साक्षात्कार कार्यक्रममा सन्नीसँग कुरा गर्न घन्टाँै कुर्नुपर्ने हुन्छ । फिल्ममा सन्नीलाई अथिति कलाकारको भूमिकामा देख्न पाइनेछ ।
ठूलो पर्दामा सलमान खान, अक्षय कुमारलगायत स्टारसँग रोमान्स गरिसकेकी सोनाक्षीले पछिल्लो पटक महिलावादी फिल्म ‘आकिरा’ मा मुख्य भूमिका थिइन् ।
सोनाक्षी भन्छिन्, ‘कलाकारको कयौं शब्द तोडमरोड गरेर प्रचार गरिन्छ ।’ अभिनेताहरूले सामाजिक विषयमा कुरा कम बोल्नु नै उचित हुने सोनाक्षी बताउँछिन् । उनको फिल्म ‘नूर’ अप्रिल ११ मा रिलिज हुने भएको छ ।

प्रतिक्रिया