राधे, लभ लभ लभ र घामपानीको नयाँ वर्षमा बजार एक्सन

काठमाडौं । विश्वकै फिल्मी दुनियाँमा एउटा पराम्परा छ, सम्भवतः त्यो हो नयाँ फिल्म रिलिज गर्न सम्बन्धित देशको फेस्टिभललाई मध्यनजर गर्नु । त्यो पराम्परा हलिउड, बलिउड र कलिउडमा सम्भवतः हुने गर्छ ।

जसको सिकोको रूपमा नयाँ वर्ष २०७४ को छेकोमा प्रदर्शनमा आएका तीन नेपाली फिल्म हो । यद्यपि तीन फिल्मले एक अर्कालाई केही असर गर्न पनि सक्छ । ओपनिङ कस्तो रह्यो धेरैको कुतूहलको विषय हुनसक्छ । नयाँ वर्ष रिलिजको फाइदा कुन कुन फिल्मले उठाए त ? सिंगल स्क्रिनका वादशाहको उपमा पाएका अभिनेता निखिल उप्रेतीको फिल्म ’राधे’ ले बम्पर ओपनिङ गरेको छ । राजधानीसहित देशैभरका अधिकांश सिंगल स्क्रिनमा ’राधे’ हाउसफुल छ । राजधानीको गोपीकृष्ण हलमा मात्रै यो फिल्मको तीन पर्दा हाउसफुलपछि अर्को पर्दाको समेत माग बढेको बताइएको छ । अष्टनारायण, गुणमा पनि दर्शकको चाप उस्तै छ ।
यस्तै नयाँ वर्षबाटै प्रदर्शनमा आएका मल्टिप्लेक्स लक्षित दुई फिल्म ’लभ लभ लभ’ र ‘घामपानी’ ले पनि आशातित ओपनिङ गरेका छन् । शुक्रबार दुबै फिल्मलाई अधिकांश दर्शकले मन पराएका छन् । तर राजधानीका मल्टिप्लेक्समा ’दयाहाङ राई र केकी अधिकारीको ’घामपानी’ भन्दा दीपेन्द्र के खनाल निर्देशित ’लभ लभ लभ’ विजनेस केही माथि पाइएको छ । अनलाइन बुकिङमा पनि यो फिल्मप्रति दर्शकको चासो केही माथि देखिएको छ । उक्त फिल्म सिभिल मल, लाबिम मल, विग सिनेमा, जयनेपालका अधिकांश दिवा शो हाउसफुल भएको छ ।
प्रेस शो मा समीक्षकबाट पाएको प्रतिक्रिया अनि पहिलो शो का दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठूलो प्रभाव पारेको छ । फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । स्टारकास्टले भरिपूर्ण फिल्म हेर्न बिहानीभन्दा दिवा शो मा दर्शकको चाप बढेको पाइएको छ । दिवा शो मा सिभिल र लाबिम मल हाउसफुल छ । अग्रिम बुकिङमा पनि दर्शक देखिएका छन् । स्टारकास्ट नै हुँदा पनि सिंगल स्क्रिनमा भने फिल्मको विजनेस ’वाउ’ भन्ने किसिमको देखिएको छैन् ।

प्रतिक्रिया