काठमाडौं । विश्वमै पहिलोपटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पालाई काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त गरेको कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
डिजे छेवाङले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ लापासमा पाँच हजार चार सय १६ मिटर उचाइमा डिजेइङ गरेर विश्व कीर्तिमान कायम गरेका थिए । समारोहमा डिजे छेवाङले थोरङ लापासमा डिजेइङ गर्नु सजिलो काम नभएको तर सजिलो भएको भए विश्व कीर्तिमान पनि नबन्ने धारणा व्यक्त गरे । छेवाङले नेपाली कलाकारको रूपमा आफ्नो क्षेत्रबाट पर्यटन प्रवद्र्धनमा योगदान दिने उदेश्यले सबैभन्दा अग्लो स्थानमा डिजेइङ गरेको पनि स्पष्ट पारे ।
भूकम्पपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका पर्यटन क्षेत्रको बारेमा नकारात्मक सन्देश गएकोमा डिजे छेवाङले उक्त गलत सन्देशलाई चिर्दै नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन उक्त डिजेइङ गरेको बताए ।
प्रतिक्रिया