काठमाडौं । गायिका स्मिता घिमिरेको आवाजमा समावेश ‘होल नाइट डान्स गरौँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँवर्षको छेकोमा सार्वजनिक भएको यो गीतलाई दर्शकले रुचाउने विश्वास गायिका घिमिरेको छ । उनले, नयाँवर्षका पार्टीहरूमा यो गीतमा दर्शक रमाउन सक्ने बताइन् ।
गोविन्दप्रसाद उपाध्यायको शब्द, अनिश श्रेष्ठको संगीत रहेको गीतको भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् । उनले, अत्याधुनिक लोकेसनमा चर्चित दुई नायिकालाई राखेर भिडियो तयार पारेका छन् ।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने प्रविण श्रेष्ठले सम्पादन गरेका छन् । भिडियोमा दुई नायिका अशिष्मा नकर्मी र अनु शाहले मोडलिङ गरेका छन् । नयाँवर्षलाई लक्षित गरेर बनाइएको गीतको भिडियो मेकिङमा पनि कुनै संझौता नगरिएको निर्देशकले बताए ।
प्रतिक्रिया