चलचित्र ‘तुयुमती’ जापानमा

काठमाडौं । चलचित्र ‘तुयुमती’ जापान टोकियोमा सोमबार प्रदर्शन भएको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको छ । विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले बताइन् ।
साथीहरूको लहलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनुपरेको कथावस्तु भएको ‘तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीको सहभागिता थियो ।

प्रतिक्रिया