हिटलरको ‘खुसीहरू बढ्दै जान्छ’ सार्वजनिक

hitler-339x177
काठमाडौं । नयाँवर्षको १२ जेठमा प्रदर्शनमा आउने चलचित्र ‘हिटलर’ को पहिलो रोमान्टिक गीत ‘खुसीहरू बढ्दै जान्छ’ सार्वजनिक भएको छ । रारा ताल आसपासमा रोमान्टिक तवरले खिचिएको गीत चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलाको अभिनय देख्न सकिनेछ ।
कमेडी तथा लभस्टोरी विषयमा बनेको यो चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताललगायत कलाकारको पनि अभिनय रहेको छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द, लोचन घिमिरेको संगीत छ ।
सौरभ ढकालले निर्देशन गरेको यो चलचित्रमा किचमान चित्रकारको कथा, मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर र मनिराम मानन्धर हुन् ।

प्रतिक्रिया