‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ मञ्चमा

jayamaya
काठमाडौं । समकालीन नेपाली रंगमञ्चका पर्याय बनेका सुनील पोखरेलले इन्द्रबहादुर राई लिखित कथा ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ को नाटक मञ्चन गर्ने भएका छन् । नयाँवर्षबाट मण्डला नाटकघरमा एक महिना यो नाटक मञ्चन हुनेछ । नयाँवर्षका लागि खास चाहना कुमार नगरकोटीको ‘तिम्रो मृत्युको समाचार’ माथि नाटक गर्ने थियो । नगरकोटीको कथामा भने जेठमा नाटक गर्ने उनको योजना छ । ‘नाटकका विद्यार्थीहरूलाई कथा पढाइरहेका थिएँ । पढाएका यी दुबै कथामध्ये यसमा गर्ने भनेर सबैले ¥याख¥याख्ती पारे, मलाई पनि सनक चढ्यो, हदै भए फ्लप होला, लौन त बिगारौ भनेर सुरू गरेँ उनले भने, हदै भए गाली खाउँला ।’ उनले भने ।
फिल्मभन्दा रंगमञ्चमा नै मज्जा भेट्ने पोखरेलले यस कथामा नाटकभन्दा पनि फिल्म बढी देखेका थिए । यस कथामा नाटकभन्दा फिल्मको दृश्य उनको मन र दिमागमा घुमेको उनले सुनाएका छन् । सुनीलले यो कथा पहिलोपटक विद्यार्थीकालमा ०३७÷३८ सालतिर पढेका सुनाए । दोस्रो विश्वयुद्धमा जापानी सेनाको आक्रमणले बस्दै आएको बर्माबाट भाग्दाको कुरा राईको कथामा छ । कथा १५ वर्ष जयमायाको केन्द्रविन्दुबाट भनिएको छ ।
त्योसँगै विराटनगरमा हुँदाका केही बर्मेली नेपाली र तीसँग सम्बन्धित केही सम्झना पनि उनीसँग गाँसिएको छ । यो बेलामा खाकी रंगको लङकोटलाई विराटनगरतिर बर्मेली कोटको भनिन्थ्यो । बर्माबाट विराटनगर सरेका नेपालीहरूलाई बर्मेली भन्ने गरेको उनको सम्झनामा छ ।

प्रतिक्रिया