‘मेला’ मा अशिष्मा र आमेषको रोमान्स

mela

काठमाडौं । करिब ३५ दिन लगाएर चलचित्र ‘मेला’ को सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले बताएको छ । कथावस्तुको बारेमा केही पनि जानकारी नगराइएको यो चलचित्रलाइ वीरगञ्ज, काठमाडांै, मुढेलगायत स्थानमा खिचिएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन् । यो चलचित्रमा सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेष भण्डारी, निरज श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ ।
मुढेमा नायिका अशिष्मा र नायक आमेषलाई फिचरिङ गर्दै ‘यो मुटुमा अब’ बोलको गीतको छायांकन गरेसँगै चलचित्रको छायांकन सकिएको हो । पवित्रा आचार्यले भिडियोको कोरियोग्राफी गरेकी छन् । मनोज के मरोडिया र हरि पन्तको निर्माणमा तयार भएको यो चलचित्रमा हरि पन्तको कथा, अर्जुन पोखरेलको संगीत, दिव्य सुवेदीको छायांकन छ । राज राधिका इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।

प्रतिक्रिया