जनता बैंकको एकीकृत कारोबार

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक लिमिटेड एकआपसमा गाभिएर जनता बैंक नेपाल लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले उक्त एकीकृत कार्यको शुभारम्भ गरेका थिए । जनता बैंक नेपाल लिमिटेडका अध्यक्ष केशवबहादुर रायमाझीले सभापतित्व गरेको सो कार्यक्रममा जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक लिमिटेडका सञ्चालक, कर्मचारी, सेयरधनीलगायत उपस्थित थिए ।
एक अर्कामा गाभिएपछि बनेको जनता बंैक नेपाल लिमिटेडको रजिस्टर्ड कार्यालय सेन्ट्रल विजनेस पार्क थापाथलीमा राखिएको छ । अब बैंकको चुक्ता पुँजी ४ अर्ब ७२ करोड पुगेको छ भने बैंकको कुल निक्षेप ३६ अर्ब र कर्जा ३३ अर्ब पुगेको छ । गाभिएपछि बैंकको शाखा सञ्जाल मुलुकभर ७३ वटा, एटिएम ३८ वटा, शाखारहित बैंकिङ सञ्जाल १९ वटा र ग्राहक संख्या ३ लाख पुगेको छ ।

प्रतिक्रिया