रेवन्तले जिते नवौँ इन्डियन आइडल

rewatn
मुम्बई । विशाखापट्नममा जन्मिएका एलवी रेवन्त नवौँ इन्डियन आइडल भएका छन् । सोही कार्यक्रममा खुदा बख्स फस्ट रनरअप र पिबिएनएस रोहित सेकेन्ड रनरअप भए । रेवन्तले सफल चलचित्र ‘बाहुबली’ का लागिसमेत गीत गाइसकेका थिए । उनको स्वर, उनको सुन्दरता र स्टाइलका कारण पनि उनलाई भोट धेरै आएको थियो ।
अप्रिल २ मा इन्डियन आइडलको नवौँ शृंखलाको फाइनल सोनी टेलिभिजिनबाट प्रसारण गरिएको थियो । तीन प्रतियोगीका बीचमा अन्तिम प्रतिस्पर्धा गराइएको थियो । इन्डियन आइडलको ट्रफीको अतिरिक्त रेवन्तले २५ लाख रूपैयाँ नगद पाए । त्यस्तै महिन्द्रा केयुवी कार र सोनी इन्टरटेनमेन्टसँग गीतका लागि सम्झौता गरे । खुदा बख्स पञ्जाबबाट आएका हुन्् भने रेवन्त र रोहित आन्ध्र प्रदेशका स्थानीयवासी हुन् । तीनै प्रतियोगीको गायनमा विविधता थियो । निणार्यकले उत्तिकै मन पराएका थिए । कार्यक्रममा प्रमुखअतिथि बनेर क्रिकेटर सचिन तेन्दुलकर सोमा पुगेका थिए । यस्तै कमेडियन कपिल शर्मासँग झगडा गरेपछि थप चर्चामा आएका सुनील ग्रोवरले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

प्रतिक्रिया