मुम्बई । बजनेटको सर्वेक्षणले प्रियंका चोपडालाई संसारको सबैभन्दा दोस्रो सर्वाधिक सुन्दर महिला बताएको छ जबकी सूचीको शीर्ष स्थानमा पप गायिका बियोन्से छिन् । ३४ वर्षीया प्रियंकाले ट्विटरमा यसको खुसी व्यक्त गर्दै लेखिन्, ‘धन्यवाद बजनेट र जसले मलाई भोट गर्नुभयो । बियोन्से मेरो पनि सबैभन्दा प्रिय हुन् ।’
स्मरण रहोस्, अमेरिकी टेलिभिजन सो ‘क्वान्टीको’ मार्फत चर्चा बटुल्न सफल प्रियंका चाँडै नै फिल्म ‘बेवाच’ बाट हलिउडमा डेब्यू गर्दैछिन् । बियोन्से–प्रियंकापछि तेस्रो स्थानमा मोडल ट्रेलर हिल रहेकी छन् । जबकी चौथो स्थानमा ‘ब्युटी एन्ड बिस्ट’ की नायिका एमा वाटसन छन् । सूचीको पाँचौँ स्थानमा ‘फिफ्टी सेड्स डार्कर’ की नायिका डकोटा जोनसन रहेकी छन् । यस्तै एन्जेलिना जोली सूचीको आठौँ स्थानमा छिन् ।
प्रतिक्रिया