मिस्टर नेपालका लागि २४ युवा छानिए

mr-nepal selected-candidates

काठमाडौं । ‘मिस्टर नेपाल २०१७’ का लागि २४ युवा छानिएका छन् । देशभर विभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।
‘मिस्टर नेपाल’ स्वदेशमा आयोजना हँुदै आएका पुरुषहरूको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । यसका विजेताले नेपालको प्रतिनिधित्व गर्दै एक सयभन्दा बढी राष्ट्रको सहभागिता रहने ‘मिस्टर वल्र्ड’ मा भाग लिन पाउनेछन् ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रूपमा अगाडि बढाउन प्रतियोगिता सहायक सिद्ध हुने आयोजक एक्सपोज नेपाल डटकमका अध्यक्ष दिनेश शाहीले बताए । उनले भने, ‘१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा छानिएका प्रतियोगी केही दिनमै प्रशिक्षणमा जुट्नेछन् ।’
प्रशिक्षणका क्रममा प्रतियोगीले स्विमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत विधामा दक्षप्रशिक्षकद्वारा प्रशिक्षण कार्यक्रम संयोजक अर्चना थापाले जानकारी दिइन् । प्रतियोगिताको विजेताले मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्नुका साथै मोटर बाइकलगायत विभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा नयाँवर्षको वैशाखमा हुनेछ ।

प्रतिक्रिया