काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल नयाँ डान्सिङ गीत लिएर आएका छन् । हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक राजनराज शिवाकोटीको संगीतमा ‘लाइदेउ न मायाले’ बोलको गीत गाएका छन् ।डिपी खनालको रचना रहेको उक्त गीतको भिडियो निकै भव्य बनेको गायक खरेलले बताए । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रियंका कार्कीले मोडलिङ गरेकी छिन् ।
यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएको गायक खरेल ‘लाइदेउ न मायाले’ गीतको म्युजिक भिडियोबाट पनि आशावादी छन्् ।
‘झुम्कावाली’ गीतमा पनि गायक खरेललाई प्रियंकाले साथ दिएकी थिइन् । भिडियोमा अभिनेत्री प्रियंका निकै हट देखिएकी छिन् । भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन् ।
त्यसो त नायिका कार्कीले प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा आफू उत्साहित हुने बताइन् । अर्जुन तिवारीद्वारा छायांकन गरिएको यो नृत्य परक भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै उनी डिजेको भूमिकामा समेत देखिएका छन् । सञ्चारकर्मी सुव्रत आचार्यले ‘लाइदेउ न मायाले’ गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन् ।
प्रतिक्रिया