सातौँ बिग आइकन फिनाले हुँदै

7-th-bigicon-top-three-1

कास्की । सातौँ संस्करणको बिग आइकनको ‘ग्रान्ड फिनाले’ कार्यक्रम पोखरामा शुक्रबार हुने भएको छ । ५४ जिल्लाका एक हजार एक सय ५२ जना प्रतिस्पर्धीमध्येबाट छानिएर आएका तीन जना गायन प्रतिभाहरूले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने बिग आइकनको ग्रान्ड फिनालेको प्रमुखअतिथिका रूपमा रवीन्द्र मिश्र रहने भएका छन् । ग्रान्ड फिनालेबाट बिग आइकनसँगै फस्ट रनरअप र सेकेन्ड रनरअप छनोट हुनेछन् ।
यद्यपि, बिग आइकनको ग्रान्ड फिनाले कार्यक्रममा भने उत्कृष्ट १० प्रतिस्पर्धीहरूकै प्रस्तुति रहने आयोजकले जनाएको छ । यो पटकको बिग आइकन विजेताले पुरस्कार स्वरूप एक लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया