माला लिब्बूको हट नृत्य सार्वजनिक

mala-in-videoकाठमाडौं । पछिल्लो समयकी चर्चित मोडल तथा नायिका माला लिम्बूको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने त्यो ठूला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नृपेश उप्रेतीको शब्दमा तयार पारिएकोे गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् ।
बालाजुस्थित चलचित्र स्टुडियोमा छायांकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । गीतमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ । भिडियोमा माला लिम्बूलाई विचार पौड्यालले साथ दिएका छन् । आफ्नो पहिलो गीतलाई दर्शकले मन पराइदिएकाले आपूmलाई हौसला मिलेको गायिका भण्डारीले बताएकी छन् । मोडेल माला लिम्बूले आपूmलाई गीत निकै मन परेको र मिहिनेतसाथ काम गरेकाले सबैले भिडियो मन पराउनेमा विश्वस्त रहेको बताइन् । मालाकै अभिनय रहेको चलचित्र ‘पर्व’ मा समावेश ‘कालेदाई’ बोलको गीत पनि अहिले चर्चामा छ ।

प्रतिक्रिया