‘बिजुली मेसिन’ अमेरिकामा

Bijuli-Machineकाठमाडौं । स्वदेश प्रदर्शन सुखद बन्न नसकेको चलचित्र ‘बिजुली मेसिन’ अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन सहरमा प्रदर्शन गरिएको छ । नेपाली–अमेरिकन मैत्री संघले नेपालमा गएको महाभूकम्पले ध्वस्त बनाएको दोलखास्थित हिलेपानी संस्कृत माध्यमिक विद्यालय पुनर्निर्माणका लागि सो प्रदर्शन आयोजना गरेको हो ।
नविन अवालको लेखन तथा निर्देशन रहेको चलचित्रमा राजेश हमाल, बुद्धि तामांङ, लक्ष्मी भुसाल, अविशेक सुवेदी, रेलिजा श्रेष्ठ आदिको अभिनय रहेको छ । रिशव आचार्य, बिन्दु तिमिल्सिना, सञ्जिव न्यौपाने र दिपेन बस्नेतले मिलेर बनाएको यो चलचित्रमा दुई जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा मैत्री संघका अध्यक्ष पूर्ण श्रेष्ठले चलचित्र हेर्न उपस्थित सबैलाई स्कुल पुनर्निर्माणमा सहयोग गर्न आव्हान गरेका थिए । उनले विद्यालय निर्माणजस्तो पवित्र कार्यमा सहभागी हुन आग्रह गरेका हुन् । कार्यक्रममा दर्शकहरूले पृथक र राम्रा चलचित्र नेपालमा अझ धेरै बन्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया