काठमाडौं । युवा गायक रेवत राई र गायिका मेलिना राईका लागि बेलायतबासी श्रष्टा–सर्जकले उपहार स्वरूप निर्माण गरिदिएको गीति एल्बम ‘अलग उपहार भाग–एक’ को दोस्रो गीति भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा युवा पुस्तामा चर्चा बटुल्न सफल गायक तथा गायिका राईद्वयकोे लागि उपहार स्वरूप सम्पूर्ण लगानी गरी निर्माण गरिएको गीति एल्बममा समेटिएकोे ‘तिम्रो घर…’ बोलको गीति भिडियो युट्युबमार्फत हालै सार्वजनिक गरिएको हो ।
नवराज राईको शब्द, वसन्त सापकोटाको संगीत तथा साहस शाक्यको एरेन्ज रहेको उक्त गीतको भिडियोमा अर्जुन अधिकारीको निर्देशन तथा पुष्पलाल खड्का र नम्रता सापकोटाको अभिनय रहेको गायक रेवतले जानकारी दिए । एल्बममा समेटिएका जम्मा आठ गीतहरूमध्ये अर्को गीत ‘अलिकति तिम्रो…’ बोलको गीति भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ ।
। श्रष्टाको सम्मान तथा मायाको उपहारस्वरूप ईश्वर चाम्लिङको संयोजनमा जुटेका बेलायतबासी नेपाली स्रष्टा–सर्जकहरूले निर्माण गरिदिएका ‘अलग उपहार’ गीति एल्बम तयारी भइसके पनि नयाँवर्षको आगमन अर्थात यही चैत अन्तिममा सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ । एल्बममा समावेश अन्य सबै गीतहरूको पनि चाँडै भिडियो निर्माण गरी सार्वजनिक गर्ने तयारी भइरहेको गायक राईको भनाइ छ ।
रेवत र मेलिनाको युगल गायनमा ‘पग्ली जान्छ हिमाल बगीजान्छ नदी…, आउन त यादहरू’ लगायत गीतहरू यसअघि नै चर्चित बनिसकेका छन् । सुहाउँदो गायन क्षमता तथा स्वर भएकाले राईद्वय युगल गायनमा समेत चर्चित सफल बनेको स्रोता–दर्शक बताउँछन् ।
प्रतिक्रिया