काठमाडौं । अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष तथा गीतकार राम लामा ‘अविनाशी’द्वारा रचना गरिएको ‘मेरो बदनाम…’ बोलको गीत (म्युजिक भिडियो) मङ्गलबारदेखि बजारमा आएको छ ।
चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी दरार आउँछ भन्ने विषयमा केन्द्रित छ । भिडियोसहित बजारमा आएको गीतमा राजेन्द्र चापागाईं, सिरू बिष्ट र प्रिती मोक्तानले अभिनय गरेका छन् ।
गीतकार लामाका करिब एक दर्जन गीत तथा दुई दर्जन कविता रचना सार्वजनिक भइसकेका छन् । रेड कलर स्टुडियो पानीपोखरीको प्राविधिक सहयोगमा निर्माण गरिएको सो गीतको युट्युब प्रवद्र्धन द स्काइज मुभिजले गरेको सञ्चारकर्मी प्रदीप चापागाईंले जानकारी दिए ।
प्रतिक्रिया