सारम्स र सरोजालाई ‘द कलेज एम्बेसडर २०१७’ को उपाधि

kalege asmbedarकाठमाडौं । ‘द कलेज एम्बेसडर २०१७’ को उपाधि सारम्सविक्रम शाह र सरोजा श्रेष्ठले हासिल गरेका छन् । चाँदवाग कलेजमा ११ कक्षामा अध्ययनरत शाहले पुरुष तथा आशीर्वाद कलेजमा बिबिएस अध्ययनरत श्रेष्ठले महिलातर्फको उपाधि चुमेका हुन् । विजेता दुबैले उपाधिका साथमा विभिन्न अवसर पुरस्कारको रूपमा प्राप्त गरेका छन् ।
आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ सागरिका श्रेष्ठ, कृष्मा सुवेदी र पुरुषतर्फ विवेक राई ,अमृत पौडेल टप थ्री (उत्कृष्ट तीन) भित्र पर्न सफल रहे । ग्रिन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको यो नवाँै संस्करण हो । गोल्डेन गेट कलेजका सिइयो तथा क्यानका अध्यक्ष रमेश सिलवाल प्रमुखअतिथि रहेको प्रतियोगितामा नग्मा श्रेष्ठ मिस नेपाल अर्थ २०१२, निर्णय श्रेष्ठ गायक, प्रशान्त ताम्राकार कोरियोग्राफर, सिने गुरुङ गायिका, सुमित राना मिडिया पर्सन, मञ्जु बन्जार ढकाल मिस हेरिटेज २०१६ तथा फेसन डिजाइनर निर्णायक रहेका थिए ।
कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रबिन लाकौलले बताए ।
प्रतियोगितामा मिस्टर पोटोजेनिक जोन गजमेर, मिस फोटोजेनिक सारोन मधुकर्मी, मोस्ट ट्यालेन्ट निस्टा महर्जन, मोस्ट पपुलर मोस्ट फ्रेन्डी सुजा गुरुङ, मोस्ट डिसिप्लेन दिपेश लामा, बेस्ट ड्रेस शारिका श्रेष्ठ, बेस्ट पफमेन्स फिमेल समीक्षा राई, बेस्ट पर्फमेन्स मेल अमृत पौडेल, बेस्ट स्माइल कृष्णा श्रेष्ठ, चामिङपर्सनालिटी मेल नेहाल रानामगर, चामिङपर्सनालिटी फिमेल कृष्मा सुवेदीले हासिल गरे । अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमीका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङलगायत आकर्षक संगीतिक प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया