धनकुटामा १३ नेपाली डकूमेन्ट्री प्रदर्शन

documentry-movie-hile2
धनकुटा । १४औँ अन्तराष्ट्रिय पर्वतीय महोत्सवको अवसरमा धनकुटाको हिलेमा उत्कृष्ट १३ नेपाली डकुमेन्ट्रीहरु दुई दिनसम्म प्रदर्शन गरिएको छ । सन् २०१६ डिसेम्बरमा काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को सम्पन्न १ सय २० राष्ट्रका ४६ डकुमेन्ट्रीमध्ये उत्कृष्ट १० वटा डकुमेन्ट्री निःशुल्क प्रदर्शन गरिएको हो ।
हिमाल एसोसिएसन काठमाडौंको आयोजना र स्थानीय सिर्जनशील सांस्कृतिक समुह हिलेको संयोजनमा प्रदर्शन गरिएको वृत्तचित्र १५ सय दर्शकले हेरेको आयोजकले जनाएको छ । हिलेस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको वृत्तचित्रहरुमा अ सङ फर बारपाक, बाह्रखरी, लौरी, भुसको लोग्ने, बियोन द ह्वाइट केन, देवकीको खोजीमा, चन्द्र, मेला, राइज एन्ड फल, सिमलको भुवा जस्तै, स्पिट एन्डस् र मीरा रहेका थिए ।
स्वीस राजदूतावासको आर्थिक सहयोगमा ५ मिनेट देखि ५२ मिनेटसम्मका उल्लेखित डकुमेन्ट्रीहरु नेपाली समाजमा भएका घटना र व्यक्तिहरुको यथार्थ दैनिकीमा आधारित रहेको स्थानीय आयोजक संस्थाका मनेश श्रेष्ठले जानकारी दिएका छन् ।
सन् २००० देखि नेपालका विभिन्न स्थानहरुमा डकुमेन्ट्री प्रदर्शन गर्दै आएको यस संस्थाले यसपछि भोजपुर र खोटाङ दिक्तेलमा प्रदर्शन गरिने जनाइएको छ ।

प्रतिक्रिया