पाँचौ ‘जुनियर ब्याटर २०१७’ हुने

juniyar bater
काठमाडौं । पाँचौं ‘जुनियर ब्याटर–२०१७’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजक मिडिया ल्यान्डले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको लागि ७३ प्रतियोगी छानिएको आयोजक संस्थाले जनाएको छ ।
विभिन्न शीर्षकमा उपाधिका साथ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेगरी आयोजना गर्न लागिएको प्रतिस्पर्धामा लिटिल एन्जलस, न्यु मिलिनिय, नाइटेंगल, भिएस एन्जलस वल्र्ड लगायतका विभिन्न दश स्कुलका ५ सयभन्दा बढी विद्यार्थीबाट प्रतियोगी छानिएको हो ।
छनौट चरणको जर्जमा प्रशंसा श्रेष्ठ गायिका, सुमन सागर केसी कोरियोग्राफर, निस्मा चौधरी मिडिया पर्सन रहेका थिए । विगतका वर्षमा जुनियर र सिनियर दुई क्याटवरीमा ‘जुनियर ब्याटर’ आयोजना गर्दै आएको मिडिया ल्याण्डले यस वर्षबाट ‘जुनियर ब्याटर एन्जलस्’, ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ र ‘ जुनियर ब्याटर किङ एण्ड क्विन’ गरी तीन क्याटवरीमा आयोजना गर्दैछ । विद्यार्थीको कक्षाअनुसार उनीहरुलाई तीन क्याटवरीमा विभाजन गरिने आयोजकले जनाएको छ ।अन्तिम स्पर्धाको प्रतियोगीले १९ चैतबाट १५ दिनको विभिन्न प्रशिक्षण लिनेछन् । प्रशिक्षणका क्रमम रनिङ, रेसलिङ, प्रिन्टिङलगायत विभिन्न ब्याटरसँगै उनीहरुलाई पर्सनालिटी डेभलपमेन्ट, लिडरसीप, स्पिकलगायतका प्रशिक्षण दिइने आयोजक मिडिया ल्यान्डले जनाएको छ ।
प्रशंसा श्रेष्ठ र स्वस्तिका राजभण्डारीको कोरियोग्राफी रहने प्रतियोगिताको अन्तिम स्पर्धा आगामी १ वैशाख राष्ट्रिय नाचघर जमलमा आयोजना हुनेछ । प्रतियोगीले विभिन्न शीर्षकमा उपाधिका साथमा अन्तर्राष्ट्रिय विभिन्न सौन्दर्य प्रतियोगिताका नेपालको प्रतिनिधित्व गर्ने अवसर र उपहारसमेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया