काठमाडौं । थिएटर मल नाटकघरमा नाटक ‘मान भर्सेस मती’को मञ्चन भइरहेको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक मञ्चन हुने यो साता अन्तिम हो । गतवर्ष एक महिना मञ्चन भएको हाँस्यप्रधान यस नाटकले अहिले पनि दर्शकको माया त्यतिकै पाइरहेको छ । ताल नगरी पोखरामा समेत मञ्चन भएको नाटक अहिलेसम्म ५०औँ पटक मञ्चन भइसकेको छ । परिवार बलियो हुन विश्वासका डोरीहरु बलियो बन्नुपर्छ भन्ने मूल मर्मको वरिपरि रहने ‘मान भर्सेस मती’ पारिवारिक द्वन्द्व र प्रेम देख्न सकिन्छ । वर्तमान शहरिया दैनिकीमा मध्यमवर्गीय सामान्य परिवारमा आइपर्ने र आउनसक्न व्यवहारलाई नै दृश्यात्मक बनाइएको छ ।
श्रीमान् श्रीमतीबीचको सामान्य कथावस्तुलाई सुन्दर र कलात्मक प्रस्तुतिले नाटकलाई बेजोड बनाएको छ । छोराको रुपमा याताउता दगुर्ने भकुण्डोलाई विम्बात्मक रुपमा प्रस्तुत गरी बाल मनोविज्ञान र चञ्चलतासमेत दर्शकले महसुस गर्दछन् ।
नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोशन सुवेदीको अभिनय रहेको छ । नाटक काठमाडौं बाहिर मञ्चन गर्ने तयारी भइरहेको निर्देशक श्रेष्ठले बताए ।
प्रतिक्रिया