काठमाडौं । आगामी नोभेम्बर महिनामा बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्ड–२०१७ रोजेन सुवेदी र स्नेहा जर्घाले नेपालको प्रतिनिधित्व गर्नेछन् । फेस अफ द वल्र्ड नेपाल–२०१७ मार्फत यी प्रतियोगी छानिएका हुन् ।
प्रतियोगितामा सागर लामा तथा मेघा प्रधानले फस्ट रनर्सअपको उपाधि जिते भने रिजन श्रेष्ठ तथा पिंकी जोशीले सेकेण्ड रनर्सअपमा चित्त बुझाए । प्रतियोगितामा फस्ट रनर्सअपको उपाधि बिजेता सागर तथा मेघाले बर्मिंघम फेशन विकमा क्याटवाक गर्ने अवसर प्राप्त गरेका छन् ।
एमटिभी स्पिटभिल्लाकी बिजेता मिया लाक्रा तथा मिस नेपाल–२००० उषा खड्गीसहितको निर्णायक समूहले बिजेताको छनोट गरेको हो ।
प्रतिक्रिया