काठमाडौं । काठमाडौंमा मोडेलिङ र सांगीतिक क्षेत्रमा संघर्षरत मोडेल एवं रिया घले मगरले ‘मायाको जालैमा’ बजारमा ल्याएकी छन् । लोकप्रिय गायक ऋषि खड्काको शब्द र संगीत रहेको यस गीतमा घलेलाई ऋषिले साथ दिएका छन् ।
विगत तीन वर्षदेखि मोडेलिङ क्षेत्रमा राम्रो पहँुच बनाइसकेकी घलेको सांगीतिक क्षेत्रमा यो पहिलो कोसेली हो । बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायांकन र प्रविण भट्टको सम्पादनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई मगर्स क्रियसन कम्पनी प्रालिले उत्पादन गरी आफ्नो युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो । साथै, म्युजिक भिडियोमा नायक गजित विष्ट र जानवी बस्नेतको रोमाञ्चक अभिनय देख्न सकिन्छ । ‘यो मेरो पहिलो प्रयास हो, मलाई हौसला प्रदान गर्नुहुने सबैप्रति आभारी छु र यहाँहरूबाट प्राप्त माया र समर्थनले सांगीतिक क्षेत्रमा अगाडि बढ्ने प्रेरणा मिलेको छ,’ रिया घलेले भनिन् ।
प्रतिक्रिया