नीर शाहले उद्घाटन गरे नयाँ मल्टिप्लेक्स

nir saha
काठमाडौं । नयाँ मल्टिप्लेक्स चलचित्र भवन बीएसआर सञ्चालनमा आएको छ । गोंगबुस्थित बीजी मलमास्थित चलचित्र भवनको बरिष्ठ निर्देशक एवं अभिनेता नीर शाहले एक समारोहबीच शुभारम्भ गरेका छन् । चलचित्र भवनमा १ सय ५० र १ सय ४० गरी दुई अलग अडिटोरियम छन् ।
बीजी मलको पाँचौं र छैटौं तलामा सञ्चालित मल्टिप्लेक्समा नेपालमै पहिलोपटक अटमस ध्वनि प्रविधि जडान गरिएको बताइएको छ । पर्दाको जुन दिशामा जस्तो वस्तु देखिन्छ, सोही दिशामा दर्शकले आवाज महसुस गर्न सक्नेछन् । कार्यक्रममा अभिनेत्री गौरी मल्ल, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता माधव वाग्ले, वितरक गोविन्द शाहीलगायतले शुभकामना दिएका थिए ।
फिल द थ्रील, फिल एभ्री डाइमेन्सन नारा मल्टिप्लेक्सले राखेको छ । मुभिज अध्यक्ष राजु गिरीले दर्शकले सुविधासम्पन्न वातावरण र प्रविधिमा सिनेमा मज्जा लिन सक्ने बताए ।

प्रतिक्रिया