काठमाडौं । चलचित्र ‘दर्पण छाया २’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी नव–नायिका सहारा कार्कीको अभिनयले कलकारितामा संभावनाको ढोका खुलेको छ । अमेरिकामै बस्ने र अमेरिकामै हुर्किएकी सहाराले यो चलचित्रबाट सबैभन्दा बढी सम्भावना देखाएकी छन् । चलचित्रका मुख्य नायक पुष्पल र अर्की नायिका श्रद्धा प्रसाइको पछि सहाराले भने यो चलचित्रमा सबैभन्दा उत्कृष्ट काम गरेकी छन् ।
उनको नृत्य, अभिनय र संवाद शैली राम्रो छ । हुनत, सहाराले सुधार गर्न अझै पनि धेरै बाँकी छ । तर, तपाईंले यो चलचित्र हेर्ने एउटा कारण, नव–नायिका सहारा पनि हुन सक्छिन् । शुक्रबारको झरी र बन्द अनि शनिबारको मौसमको अवस्थाका कारण चलचित्रले व्यापार उत्साहजनक त गर्न सकिरहेको छैन । तर, सहाराले केही मेहनत गरेको खण्डमा उनलाई नेपाली चलचित्रले सम्भावना बोकेकी नायिकाको रुपमा हेर्न सकिन्छ ।
प्रतिक्रिया