दीपक दीपाको ‘छक्का पञ्जा २’ आउने

dilip dipaनेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाई गर्न सफल चलचित्र ‘छक्का पञ्जा’ को टिमले नयाँ चलचित्रको घोषणा गरेका छन् । फागू पूर्णिमाको अवसर पारेर फेसबुकमा स्टाटस लेख्दै निर्माता एवं कलाकार दीपकराज गिरीले चलचित्र निर्माणको घोषणा गरेका छन् । आमा सरस्वती मुभिजको ब्यानरमा बन्ने चलचित्रको नाम, ‘छक्का पञ्जा २’ राखिएको छ ।
यो चलचित्रलाई ‘छक्का पञ्जा’ की निर्देशक दीपाश्री निरौलाले नै निर्देशन गर्ने बताइएको छ । चलचित्रमा ‘छक्का पञ्जा’ का मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत ‘छक्का पञ्जा २’ का लागि फाइनल भइसकेका छन् । चलचित्रका लागि एक नायक र एक नायिका फाइनल गर्न बाँकी छ । चलचित्रको छायांकन जेठ १० गतेबाट सुरु गरिनेछ ।

प्रतिक्रिया