रोजको ‘मेरो पैसा खै’ छायांकनमा

mero poisa khoe

काठमाडौं, २६ माघ । बलिउड निर्देशक विवेक शर्माको पहिलो नेपाली चलचित्र ‘मेरो पैसा खोइ’को छायांकन सुरु भएको छ । मंगलबार पुतली सडकमा पहिलो दृश्य कैद गर्दै चलचित्र सुरु गरिएको हो । एक हिरोइनको खोजीमा रहेको निर्माण युनिटले छुल्ठिम गुरुङलाई हिरोइनको रूपमा फाइनल गर्दै छायांकन सुरु गरेको हो ।

निर्माता रोज राणाले ४५ दिनको तालिका मिलाएर चलचित्र छायांकन सुरु गरिएको जानकारी दिए । सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र रविन तामाङलगायत कलाकारको चलचित्रमा अभिनय रहनेछ । यसअगाडि अभिनेत्रीका रूपमा फाइनल भएकी वर्षा सिवाकोटीले भने चलचित्र छाडेकी छन् । भारतीय कलाकार जुही चावला र राजपाल यादव चलचित्रका लागि १५ माघ भित्र काठमाडौं आउने निर्माण युनिटले यसअगाडि बताएका थिए । तर, उनीहरूले अहिले आएका छैनन् । चलचित्रको छायांकनको बीचमा उनीहरू नेपाल आउने निर्माण युनिटको भनाइ रहेको छ ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहनेछ । काठमाडौं, धुलिखेल र लुम्बिनीलगायत भारतका विभिन्न स्थानमा समेत चलचित्र छायांकन हुनेछ ।

प्रतिक्रिया