चलचित्र संघमा प्रदीप उदय निर्विरोध

prdeep-udayaकाठमाडौं, १३ माघ । नेपाल चलचित्र संघको अध्यक्षमा प्रदीपकुमार उदय सर्वसम्मत चयन भएका छन् । हेटौँडामा सम्पन्न संघको ४४औँ वार्षिक साधारण सभाले उदयलाई अध्यक्षमा निर्विरोध चयन गरेका हो ।

यस्तै कार्यसमिति सदस्यहरूमा अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजीवकुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य र ओम जैसी कार्यसमिति सदस्य छनोट भएका छन् ।

यसरी चयन भएका सदस्यहरूबाटै केही दिनपछि उपाध्यक्षसहित बाँकी पदाधिकारीको घोषणा गरिने नवनिर्वाचित अध्यक्ष उदयले बताए । यस्तै संघको पूर्वाञ्चल क्षेत्रअन्तर्गत सभापतिमा चैतन्य बराल र सचिवमा परशुराम चौधरी चयन भएका छन् । वर्तमान अध्यक्ष नकिम उद्दिनले वैशाखदेखि प्रदीपकुमार उदयको नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने जानकारी कार्यक्रममा गराए । संघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली चलचित्र समय अनुसार परिवर्तन हुँदै जानुपर्ने बताए ।

०४५ सालमा आपूm तात्कालिन सञ्चारमन्त्री हुँदा वर्षमा एउटा नेपाली सिनेमा बन्ने गरेको अध्यक्ष थापाले बताए । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमा हल समय अनुसार सुधार हुन नसकेको भन्दै मोफसलका फिल्म हलमा नेपाली चलचित्र चल्न छाडेको बताए ।

चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले नेपाली चलचित्र डिजटल प्रविधिमा गएपछि नेपाली फिल्मले ८० प्रतिसत भन्दा बढी नेपाली बजार ओगट्न सफल  भएको धारणा राखे ।

प्रतिक्रिया