‘अनावश्यक तुलना किन ?’

priyanka-deepikaकाठमाडौं, १३ माघ । बलिउड सुन्दरीहरू दीपिका पादुकोण र प्रियंका चोपडाले एकैसाथ हलिउडमा यात्रा सुरु गरे । अहिले उनीहरूबीच तुलना गर्ने क्रम सुरु भएको छ ।

दीपिको हलिउड फिल्म ‘एक्सएक्सएक्स’ प्रदर्शनमा आइसकेको छ भने प्रियंकाको ‘बेवाच’ प्रदर्शनका लागि तयार छ । प्रियंकाको फिल्म पनि आएपछि उनीहरूबीचको तुलनाले झन् सघन रूप लिनेछ । यसरी गरिएको तुलना दीपिकालाई भने मन परिरहेको छैन । आफूहरूको बाटो अलग–अलग रहेको भन्दै उनले तुलना गर्नु उपयुक्त नहुने बताइन् । अमेरिकामा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

यसअघि प्रियंकाले करण जोहरको शोमा दीपकाको हलिउड फिल्मप्रति आफ्नो पनि चासो रहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘दीपिकाले ट्रिपल एक्समा काम गर्दैछिन्, म यो फिल्म हेर्न उत्सुक छु । भविष्यमा उनी वा सोनम कपुर वा अरू कै बलिउड कलाकार अमेरिका जान चाहन्छन् भने उनीहरूले पनि राम्रो गरुन् भन्ने म चाहन्छु ।’ यसअघि बलिउडमा निर्मित बाजिराव मस्तानी फिल्ममा प्रियंका र दीपिकाले एक साथ काम गरेका थिए ।

प्रतिक्रिया