‘जोनी जेन्टलम्यान’को सुटिङले पललाई अप्ठ्यारो

काठमाडौं, १२ माघ । यो वर्षको दसैँभन्दा २० दिन अगाडिबाट छायांकन सुरु भएको चलचित्र ‘जोनी जेन्टलम्यान’को सुटिङ नसकिँदा पलको अर्को चलचित्रको काम अलपत्रिएको छ । १० गते माघसम्म आइपुग्दा पनि यसको छायांकन नसकिएपछि पलको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’ काम अलपत्रमा परेको हो ।

करिब ५ महिनाको समय ‘जोनी जेन्टलम्यान’ छायांकनमै बितेको छ । यो चलचित्रको शीर्ष भूमिकामा नायक पल शाह देखिँदै छन् । अझै, पनि केही फाट्टफुट्ट दृश्य खिच्न बाँकी रहेको बुझिएको छ ।

पलकै कारण तिहार लगत्तै छायांकनमा जाने भनिएता पनि पल ‘जोनी जेन्टलम्यान’को काममा व्यस्त भएकाले ‘म यस्तो गीत गाउँछु’ ढिलो भएको निर्देशकले जनाएका छन् । यद्यपि, माघ २१ गतेबाट छायांकनमा जाने घोषणा निर्देशक सुदर्शन थापाले गरिसकेका छन् । चलचित्रको छायांकन अगाडि वर्कसप गर्ने सोच पनि उनको छ, तर नायकका कारण भने जस्तो भइरहेको छैन ।

चलचित्र ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्माको जोडी देखिँदै छ । साथमा, रीमा विश्वकर्मा, निलम चन्दलगायत कलाकार पनि विशेष भूमिकामा देखिन लागेको निर्देशक नितिन चन्दले बताए । उनले, चलचित्रको कथा नै निकै गाह्रो ढाँचामा तयार भएकाले समय लागेको बताए । उनले भने, ‘हामी हलिउड र बलिउड चलचित्र धेरै हेर्छांै । सोही, शैलीमा चलचित्र बनाउने सोच राखियो । तर, नेपालमा उपलब्ध श्रोत र साधन अनुसार बनाउनुपर्ने रहेछ ।’

चलचित्र पूर्ण मनोरञ्जनात्मक कथामा तयार भएको र पर्दामा हेर्दा दर्शकले आफूहरूको मिहिनेत देख्ने उनले सुनाए । उनले चलचित्रको छायांकन अवधी बढ्दा बजेट पनि धेरै बढेको बताए ।

प्रतिक्रिया