मोहनको गीतमा नायिका र भिजेको रोमान्स

pooja-and-fan copyकाठमाडौं, ६ माघ । गायक मोहन के. राईले ‘तिमीसँग…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन् । शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत सुन्न सकिन्छ ।

आधुनिक पप शैलीको यो गीतको भिडियोका छायांकार अनिल मानन्धर हुन् । ललितपुरको छम्पि गाविसको आकर्षक लोकेसनमा छायाँकन गरिएको उक्त भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका छन् । आमा कन्चन राई र बुबा भैरवबहादुर राईका जेठो सन्तानको रूपमा इटहरीमा जन्मिएका गायक राई मेचीनगर काकडभिट्टाका स्थायी बासिन्दा हुन् । हाल काठमाडौंमा रहेर आफ्नै व्यवसायमा समेत आबद्ध भई सांगीतिक क्षेत्रमा समेत सक्रिय भइरहेका छन् । विगत एक वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक राईले सांगीतिक कार्यक्रमहरुमा समेत सहभागिता जनाइसकेका छन् ।

प्रतिक्रिया