अर्घाखाँची महोत्सवमा नृत्य र गायन प्रतियोगिता

aargha-khachiकाठमाडौं, २५ पुस । ‘अर्घाखाँची जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ अर्घाखाँची महोत्सव तथा कृषि पर्यटन एवं औद्योगिक व्यापार मेला ०७३ हुने भएको छ । २८ पुस देखि ९ गते माघसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका कलाकारहरूले विशेष प्रस्तुति दिने भएका छन् ।

लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरूमा औद्योगिक तथा व्यापार मेला गर्दै आएको संस्था औद्योगिक शान्ति नेपाल संस्था र सामाजिक तथा अन्य क्षेत्रमा क्रियाशील रहँदै आएको साहारा शान्ति सामुदायिक विकाश क्लबको संयुक्त आयोजनामा महोत्सव तथा कृषि पर्यटन एवं औद्योगिक व्यापार मेला हुन लागेको हो । आफैँमा धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्वपूर्णस्थल रहेको अर्घाखाँचीमा मेलाले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्वि गरी आर्थिकरूपले पनि मजबुत बनाउने तथा अर्घाखाँची जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने आयोजकले विश्वास लिएको जनाएको छ । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष्य सन्दीप महतका अनुसार उक्त महोत्सवमा अर्घाखाँची डान्स आइडल तथा गायन प्रतिष्प्रर्धासमेत हुनेछ ।

मेलामा २ सय ५० भन्दा बेसी स्टलहरू रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका सामानदेखि लिएर लत्ताकपडा, जुत्ताहरू, कृषि तथा हस्तकलाका समानहरू, भाँडाकुडाहरू, एकै ठाउमा सर्वसुलभ तरिकाले पाउने र त्यसैगरी अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरू पनि उपलब्ध हुने र मेलामा बिक्री वितरण गर्न राखिएको समानहरूमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ भने मेलामा प्रवेश शुल्क ४० र ३० रुपैयाँ रहेको जानकारी पनि व्यवस्थापन समितिले दिएको छ ।

अर्घाखाँची महोत्सव तथा कृषि पर्यटन एवं औद्योगिक व्यापार मेला २०७३ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो मनोरञ्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाई भरपुर मनोरञ्जन दिने र बालबालिकाहरूको लागि पनि छुट्टै बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेलसामग्रीसमेत रहेको जानकारी औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष महतले दिए ।

प्रतिक्रिया