काठमाडौं, २४ पुस । हरेक कार्यक्रममा मोटो शरीर बोकेर हिँडेको देखिने अभिनेत्री दिपाश्री निरौलालाई एक कार्यक्रममा दर्शकहरूले निक्कै स्लिम भएको देखेर आश्चर्यमा परे । काठमाडौंमा भएको ‘सेलिब्रेटी रनवे’मा दिपाश्री निरौलाले लगाएको ड्रेसको चर्चा व्यापक नै भयो ।
अन्य नायिकाको तुलनामा बाक्लो ज्यानकी दीपाश्रीलाई कतिपय कार्यक्रममा सहकर्मीले नै मोटी भनेर टिप्पणी गर्नेहरूलाई डिजाइनर रोजिना श्रेष्ठले तयार पारेको लेहंगाले स्लिम देखिएको हो । ‘हो त्यो दिन दीपा दिदी स्लिम देखिनुभएको थियो’ फेसन डिजाइनर रोजिना श्रेष्ठले भनिन् ।
कार्यक्रममा दीपा फुल लेहंगामा सहभागी भएकी थिइन् । अन्य नायिकाको तुलनामा उनी फरक देखिनुको कारणवारे रोजिना भन्छिन्, ‘दीपा दिदीलाई अरूभन्दा फरक देखाउनका लागि मैले निकै मिहिनेत गरेकी थिएँ ।’
रोजिनाको भनाई अनुसार हरेक मान्छेको व्यक्तित्व उसले लगाउने फेसनले झल्काउँछ । आपूmले प्रयोग गर्ने डे«सअपकै कारण हरेक मान्छेको व्यक्तित्व झल्किन्छ । उनी सुझावको भाषामा भन्छिन्, ‘आफ्नो व्यक्तित्व झल्काउन महँगो हैन, सुहाउने डे«स लगाउनुस’ ।
प्रतिक्रिया