बलिउड निर्माता सुरेन्द्र नेपाली फिल्म बनाउने

hariकाठमाडौं, २४ पुस । दक्षिण भारतीय चलचित्रका निर्माता तथा निर्देशक सुरेन्द्र कपुरले नेपाली भाषामा चलचित्र निर्माण गर्ने भएका छन् । उनले नेपाली निर्माता हरि भट्टसँग सहकार्य गरेर चलचित्र बनाउन लागेका हुन् ।

हरिले यसअघि २ नेपाली चलचित्र सहारा र छोरीको कर्म निर्माण गरेका थिए भने यहि महिनादेखि उनको अर्को चलचित्र मन्दिरा छायांकनमा जादैँ छ । अन टाइटल यो चलचित्र नेपाली भाषासँगै भोजपुरी र तामिल भाषामा समेत तयार हुनेछ । हाल कलाकार तथा प्राविधिक छनोट भइरहेको चलचित्रमा केही नेपाली र केही तमिल कलाकारहरूले अभिनय गर्ने निर्माता भट्टले बताए ।

प्रेम र एक्सनलाई मुख्य कथा बनाएको चलचित्र पुसको अन्तिमबाट छायांकनमा जानेछ । चलचित्रमा नेपालको तर्फबाट संगम फिलिम्स र कला प्रोडक्सनले साझेदारी गर्दैछन् ।

प्रतिक्रिया