काठमाडौं, २१ पुस । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईको एक नयाँ गीत ‘चित्तामाथि जल्दा तिमी’को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक गीत गाउँदै आएकी मेलिनाले यसपटक भने ट्राजिटी अर्थात् वियोगात्मक गीत बजारमा ल्याएकी छन् ।
गीतको भिडियोलाई आर एन्ड एस म्युजिक कम्पनीले यु–ट्युबमार्फत सार्वजनिक गरेको हो । यस भिडियोलाई रिलिज गरिएको २४ घन्टा नबित्दै करिब ६ हजारले हेरिसकेका छन् । गीत वैदेशिक रोजगारीमा कुवेतमा रहेको साजन तामाङले लेखेका हुन् । गीतकारले यस गीतलाई आफ्नो वास्तविक जीवनसँग मेल खाने बताएका छन् ।
गायक तथा संगीतकार विनोद खम्बुको संगीत रहेको यस गीतको भिडियोलाई राकेश किरातीले निर्देशन गरेका हुन् । जसमा रोमा लिम्बू र सलिम राईले अभिनय गरेका छन् । शिरकुमार साम्पाङको छायांकन रहेको यस भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया