कलाकार विष्णुभक्त फुयाँलको निधन

bishnu-bhakta-fuyal-copyकाठमाडौं, २० पुस । नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयालको मंगलबार अभिनयकै क्रममा निधन भएको छ । उनको काठमाडौंको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दागर्दै निधन भएको हो ।

बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ वैज्ञ’मा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै उनी बेहोस भएका थिए । नाटकमा अभिनय गर्दैगर्दा उनी एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि काठमाडौंको वीर अस्पताल पु¥याइएको थियो । अस्पतालमा नै उनकोे निधन भएको हो ।

हाँस्य सिरियल ‘तीतो सत्य’मा उनले काम गरेका थिए । यो सिरियलमा उनी कलाकार दीपाश्री निरौलाको बुबाको भूमिकामा देखिएका थिए । साथै, थुप्रै चलचित्रमा पनि उनले अभिनय गरेका थिए । रंगकर्ममा नै काम गर्दागर्दै मर्न पाउँ भन्ने फुयाल अन्ततः नाटकमा अभिनय गर्दागर्दै सबैलाई छाडेर बिदा भएका छन्

प्रतिक्रिया