थ्री मंकिजको गीत सार्वजनिक

three-monkeyकाठमाडौं । नेपाली चलचित्र ‘थ्री मंकिज’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘वर पीपल छाँया’ले बोलको गीतको भिडियोलाई सोमबार युट्युबबाट सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा सन्तोष सुनाम र आकांक्षा बस्यालले स्वर दिएका छन् भने सरिना बयलकोटीको, रेशम फिरिरि, सरोज केसी र दीलिप तामाङलगायतले नृत्य गरेका छन् । गोपाल अधिकारीको शब्द संगीत रहेको छ ।

भाइराम श्रेष्ठको निर्देशनमा तयार भएको यस चलचित्रमामा रेशम फिरिरि, सरोज केसी र दीलिप तामाङ थ्री मंकिजको रूपमा देखाइएको छ । (सौस)

प्रतिक्रिया