भवन निर्माणका लागि करोडौँको जग्गा दान

लहान, २० कात्तिक । गोलबजार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयबासिन्दाले करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । कार्यालय भवन निर्माण गर्न गोलबजार नपा–६ का स्थानीय धर्मसिंह तामाङले छ कठ्ठा, पदमलाल लामा र मदनकुमार लामाले ३/३ कठ्ठा निःशुल्क प्रदान गरेका हुन् ।

पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर आसपासको क्षेत्रमा जग्गादान गर्न सूचना प्रकाशन गरिएपछि उनीहरुले भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गरेको गोलबजार नपाका कार्यकारी अधिकृत राजकुमार दासले बताए ।
उक्त जग्गाको मूल्य करिब ३ करोड रुपैयाँ रहेको बताइएको छ । ती जग्गा नगरपालिकाको नाममा नामसारी भइसकेको र छिट्टै योजना बनाएर भवन निर्माण सुरु गरिने कार्यकारी अधिकृत दासले बताए ।

प्रतिक्रिया